+
+
Shares

किसानमैत्री नीतिका लागि प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते ११:११

१५ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा गम्भिरता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रोपाइँको मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन नसकेको बताएका छन् ।

‘रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्,’ प्रचण्डले भनेका छन्, ‘त्यसैले, किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको स्मरण गराउँदै प्रचण्डले श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव भएकोमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?