फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली नदीमा बेपत्ता भएका तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको छ।
- जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ओमप्रकाश खनालले शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको बताए।
- बुवाको शव डुबेको स्थानदेखि पाँच सय मिटर तल र छोराको शव एक किलोमिटरको दूरीमा भेटिएको हो।
७ वैशाख, धनगढी । कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले उनीहरुको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको बताए ।
उनकाअनुसार बुवाको शव डुबेको स्थानदेखि पाँच सय मिटर तल र छोराको शव एक किलोमिटरको दूरीमा भेटिएको हो । दुवैजना ३ वैशाखमा कर्णालीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए ।
उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4