+
+
Shares

कर्णाली नदीमा पौडी खेल्ने क्रममा २ बालबाबालिका बेपत्ता

नरजन तामाङ नरजन तामाङ
२०८३ भदौ ४ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खार्पुनाथ गाउँपालिका–१ सुनाखाडाको कर्णाली नदीमा पौडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता भएका छन् ।
  • बेपत्ता हुनेमा रामचन्द्र रावलका अन्दाजी १४ वर्षीय छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षीया छोरी अनु शाही छन् ।
  • जिल्ला प्रहरी कार्यालय हुम्लाले उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरेको छ ।

४ भदौ, हुम्ला । कर्णाली नदीमा पौडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता भएका छन् ।

दिउँसो २ बजे खार्पुनाथ गाउँपालिका–१ सुनाखाडाको कर्णाली नदीमा पौडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता भएका हुन् ।

खार्पुनाथ गाउँपालिका–१ लालिगाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।

उनीहरू पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले बताए ।

उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?