१७ भदौ, डोटी । डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि थप २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकले बाढीपीडितलाई राहत तथा उद्धारका लागि थप २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ ११ मा नगरपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने बताएको थियो ।
पछिल्लो बैठकले नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाअन्तर्गतका कार्यालय, विद्यालय, स्वाथ्य संस्थामा कार्यरत स्थायी, करार, ज्यालादारी कर्मचारी, स्वाथ्यकर्मी तथा शिक्षकहरूको भदौ महिनाको तलबबाट हुन आउने २२ लाख रुपैयाँ उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरपालिका प्रमुख दीर्घवहादुर बलायरले जानकारी दिए ।
यस्तै, रसुवा बाढीमा परी सम्पर्कविहीन भएका शिखर नगरपालिका–४ का दीपक महराको खोजी र उद्धारमा सहयोग पुर्याउन परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्नेसमेत नगरपालिकाले निर्णय गरेको छ ।
प्रतिक्रिया 4