+
+
Shares

रसुवा बाढी : बुधबार साँझसम्म एक हजार २०४ शव भेटिए

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्म एक हजार २०४ शव फेला परेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते २०:५२

१७ भदौ, काठमाडौं । रसुवा बाढीका कारण मृत्यु भएका एक हजार २०४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्म एक हजार २०४ शव फेला परेको जनाएको छ ।

प्राधिकरणका अनुसार रसुवामा ११५, तनहुँमा ३८, नुवाकोटमा १५५, पूर्वी नवलपरासीमा २१७, पश्चिम नवलपरासीमा २०२, धादिङमा ६०, गोरखामा ६९ र चितवनमा ३४८ शव फेला परेका छन् ।

यस्तै, बुधबार साँझसम्म चार हजार २१६ जना सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन हुनेमा ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी, ५८३ जना विदेशी नागरिक, १६४ जना विदेशी पर्यटकसँगै गएका नेपाली, ९०० जना जलविद्युत् आयोजनाका मजदुर तथा कर्मचारी, १४ जना भन्सार कर्मचारी, ३ जना राष्ट्रिय निकुञ्ज कर्मचारी, ३ जना अध्यागमन कर्मचारी, ३ जना क्वारेन्टीन कर्मचारी, ७ जना जनप्रतिनिधि, ३२ जना स्थानीय तहमा कार्यरत कर्मचारी, रसुवामा नाम संकलन भएका ८६५ जना, नुवाकोटमा नाम संकलन भएका एक हजार ५५८ र एक जना निजी शिक्षक रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको पूरा विवरण : 

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?