+

‘बाढीबाट प्रभावित बालबालिकालाई चिकित्सकीय सेवा दिन तयार छौं’

२०८३ भदौ  १७ गते १०:५२ २०८३ भदौ १७ गते १०:५२
‘बाढीबाट प्रभावित बालबालिकालाई चिकित्सकीय सेवा दिन तयार छौं’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पेडियाट्रिक सोसाइटीले बाढीबाट प्रभावित बालबालिकालाई चिकित्सकीय सेवा र बालस्वास्थ्य सहयोग गर्न तयार रहेको जनाएको छ।

१७ भदौ, काठमाडौं । बालरोग विशेषज्ञहरूले बाढीबाट प्रभावित बालबालिकालाई चिकित्सकीय सेवा तथा बालस्वास्थ्य सम्बन्धी सहयोग गर्न तयार रहेको बताएका छन् । बालरोग विशेषज्ञहरू नेपाल पेडियाट्रिक सोसाइटी(नेपास)ले विज्ञप्ति जारी गरी सहयोगका लागि प्रतिवद्धता जनाएको हो ।

यस्तो परिस्थितिमा शिशु, नवजात, कुपोषित तथा दीर्घरोग भएका बालबालिकाको स्वास्थ्य तथा सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको नेपास बताएको छ ।

मानवीय संकटका बेला बालबालिका संक्रमण, कुपोषण, चोटपटक, असुरक्षित पानी तथा सरसफाइ, परिवारबाट अलग हुने अवस्था आउँछ’ सोसाइटीले भनेको छ, ‘मानसिक तनाव, उपेक्षा, हिंसा र दुर्व्यवहारको उच्च जोखिममा पर्न सक्छन् ।’

राहत तथा पुनर्स्थापनामा गुणस्तरीय स्वास्थ्य सेवा, औषधि तथा पोषण, सुरक्षित खानेपानी र सरसफाइ, मनोसामाजिक सहयोग तथा सबै बालबालिकाको संरक्षणलाई विशेष प्राथमिकता दिन नेपासको आग्रह छ।

प्रभावित क्षेत्रमा बालबालिकालाई आवश्यक चिकित्सकीय सेवा, परामर्श तथा बालस्वास्थ्य सम्बन्धी सहयोग उपलब्ध गराउन बालरोग विशेषज्ञहरू सदा तत्पर रहेको विज्ञप्तिमा उल्लख छ ।

नेपाल पेडियाट्रिक सोसाइटीमा करिब ८०० भन्दा बढी बालरोग विशेषज्ञ आवद्ध छन् ।

चिकित्सकीय सेवा बाढी बालबालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

बाढीपछि देखिन सक्ने अर्को संकट : रोगको प्रकोप रोक्ने जिम्मेवारी कसको ?

बाढीपछि देखिन सक्ने अर्को संकट : रोगको प्रकोप रोक्ने जिम्मेवारी कसको ?

बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने

बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने