+
+
Shares

रसुवा बाढी : कति आयो वैदेशिक सहयोग ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते २०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीपछि राहत र उद्धारका लागि एडीबी, विश्व बैंक, अमेरिकी र अष्ट्रेलिया सरकारबाट आर्थिक सहयोग प्रतिबद्धता आएको जानकारी दिएका छन्।
  • उनले भारत सरकारबाट हालसम्म चार चरणमा साढे ६८ टन मानवीय सहायता र अत्यावश्यक औषधि प्राप्त भएको बताएका छन्।
  • प्रधानमन्त्रीका अनुसार भारतले २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ र थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ।

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीपछि राहत र उद्धारका लागि वैदेशिक आर्थिक सहयोग बढिरहेको जानकारी दिएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुन विदेशी संस्थाले कति रकम उपलब्ध गराए भन्नेबारे जानकारी गराएका हुन्।

‘हामीलाई यो विपद्मा आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाहरू पनि बढ्दैछन्। एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग), एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ,’ उनले भनेका छन्।

त्यस्तै उनले भारत सरकारबाट हालसम्म चार चरणमा गरेर साढे ६८ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको जानकारी दिए। चीन र अमेरिकाबाट पनि मानवीय सहायता सहयोग आइरहेको उनको भनाइ छ।

प्रधानमन्त्रीका अनुसार चीनसँग ३० वटा बेलीब्रिज सहयोग अनुरोध गरिएको छ। भारतले आइतबार २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको प्रधानमन्त्रीले जानकारी दिए। उनका अनुसार भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। त्यस्तै स्विट्जरल्यान्डबाट १ मिलियन स्विस फ्र्याङ्क (संयुक्त राष्ट्र संघबाट खर्च हुने गरी) प्राप्त भएको उनको भनाइ छ।

रसुवा बाढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?