१४ भदौ, गीतकार संघ नेपालले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागिआर्थिक सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार आर्थिक सहयोग गरेको हो ।
बाढी पहिरोबाट भएको जनधनको क्षति र मानवीय पीडाको यस घडीमा आफ्नो सानो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वासले सहयोग गरिएको संघले जनाएको छ ।
त्यस्तै संघले विपदमा रहेका नेपालीप्रति ऐक्यबद्धता प्रकट गर्दै विषम परिस्थितिमा संयमित रहन तथा देश र जनताको हितमा समर्पित हुन गीतकार सदस्यलगायत सम्पूर्णमा आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4