फाइल तस्वीर
१४ भदौ, गुल्मी । बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुल्मीका चार स्थानीय तहबाट २२ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग हुने भएको छ । गुल्मीका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मदाने गाउँपालिका र मालिका गाउँपालिकाले सहयोगको घोषणा गरेका हुन् ।
रेसुङ्गा नगरपालिकाले १० लाख, गुल्मीदरबार गाउँपालिकाले ५ लाख, मालिका गाउँपालिकाले ३ लाख र मदाने गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । यसैगरी मदाने गाउँपालिकाका कर्मचारीबाट थप १ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग हुने भएको छ ।
चार स्थानीय तह र कर्मचारीको थप सहयोगसमेत गरी २२ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने भएको छ । गुल्मीमा १२ स्थानीय तह छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4