५ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–७ कुडापानीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया कमला पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ करिब ५:३० बजे निउरेनी जंगलस्थित गोरेटो बाटोमा बाँदर धपाउने क्रममा अचानक चिप्लिएर पाण्डे करिब २५ मिटर तल खसेर घाइते भएकी थिइन् ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट टोली घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याएको थियो ।
उपचारका क्रममा साँझ ६:२५ बजे चिकित्सकले पाण्डेलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4