+
+
Shares

‘पार्वती’ ले ओपनिङबाट निर्माताको भागमा आउने ११ लाख प्रधानमन्त्री कोषमा दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १३:४७

काठमाडौं । प्रदर्शनरत फिल्म ‘पार्वती’ले शुक्रबार पहिलो दिनको कमाइलाई प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरिसकेको छ । यस्तोमा, निर्माताले कोषमा प्रदान गर्ने रकमबारे टुंगो लागेको छ ।

वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबार घरेलु बक्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइबाट निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरिने भएको छ ।

केहीदिनमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम कोषमा प्रदान गर्ने योजना रहेको जानकारी वितरक श्रेष्ठले दिए । उनका अनुसार, फिल्मले दोस्रो दिन शनिबार देशब्यापी ४२ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाएको छ ।

निर्देशक नीता ढुंगानाले केही दिनअघि आफूले पैसा कमाउन मात्र नभएर कर्मको लागि पनि भोटेकोशी बाढी पीडितलाई रकम प्रदान गर्न चाहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?