+
+
Shares

दिदीभाइको करुणा दर्शाउने ‘पार्वती’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १२ भदौदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘पार्वती’को ४ मिनेट लामो ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।
  • ट्रेलरले अटिजम भएकी दिदी र भाइबीचको माया, करुणा तथा स्याहार र हेरचाहको सन्देश देखाएको छ ।
  • फिल्ममा नीता ढुंगाना र अशोक दर्जीसहित दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्तप्रकाश अधिकारीको अभिनय छ ।

काठमाडौँ । १२ भदौदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘पार्वती’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ ।

४ मिनेट लामो ट्रेलरमा अटिजम भएकी दिदी र उसको भाइको माया एवं करुणालाई चित्रण गरिएको छ । दिदीको भूमिकामा नीता ढुंगाना र भाइको रोलमा अशोक दर्जीको अभिनय छ ।

दिदीभाइको सम्बन्धको पाटो मात्र होइन, अटिजम पीडितलाई स्याहार, हेरचाह चाहिन्छ भन्ने सन्देश पनि यसमा छ । यसकारण यो फिल्मलाई ‘हेल्थ ड्रामा’ पनि भन्न सकिन्छ ।

यसअघि सार्वजनिक भएको फिल्मको टिजर, गीत र पोस्टरले चर्चा पाइसकेका छन् । यस्तोमा, रिलिजको उल्टो गणना चलिरहँदा मेकरले ट्रेलर ल्याएका हुन् ।

फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्तप्रकाश अधिकारीको पनि अभिनय छ । पटकथा शिवम अधिकारी, छायांकन सुदीप बराल, नृत्य निर्देशन रामजी लामिछानेको छ ।

निर्माता हरिहर अधिकारी र कार्यकारी निर्माता शंकर पाण्डे हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?