+
+
Shares

नीता ढुंगाना र अशोक दर्जीले कास्कीको मिर्सा गाउँबाट थाले ‘पार्वती’ छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री नीता ढुंगानाले डेब्यू निर्देशकीय फिचर 'पार्वती' को छायांकन कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सा गाउँबाट मंगलबारदेखि सुरु गरेकी छन्।
  • नीता ढुंगाना यस फिल्ममा निर्मात्री, निर्देशक र अभिनेत्री तीनै भूमिका निर्वाह गर्नेछिन् र फिल्मको प्रदर्शन १२ भदौदेखि सुरु हुने जनाइएको छ।
  • फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट लगायतको अभिनय रहनेछ र पटकथा शिवम् अधिकारीले लेखेका हुन्।

काठमाडौं । अभिनेत्री समेत रहेकी नीता ढुंगानाले डेब्यू निर्देशकीय फिचर ‘पार्वती’ को छायांकन मंगलबारदेखि थालेकी छन् । पर्यटकीय थलो कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सा गाउँबाट एक्सन-कट सुरु भएको हो ।

यो फिल्ममा ढुंगानाको भूमिका ३ प्रकारले हुने देखिन्छ । उनी यो फिल्मकी निर्मात्री, निर्देशक र अभिनेत्री पनि हुन् । शुभसाइत पूजासहित छायांकन सुरु भएको जानकारी छायांकार सुदीप बरालले दिए ।

नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेलको पनि अभिनय यसमा हुनेछ । ‘मनबिनाको धन’ पछि दर्जीसँग नीताको यो दोस्रो अभिनय सहकार्य हुनेछ ।

पटकथा शिवम् अधिकारीले लेखेका हुन् । चर्चित डान्स समूह ‘कार्टुन्ज क्रू’ का डान्सर सरोज अधिकारीले यो फिल्मबाट निर्देशक सहायकको रुपमा फिचर फिल्ममा डेब्यू गर्दैछन् ।

प्रदर्शन १२ भदौदेखि सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?