+
+
Shares

लेबनानमा दुई बंगलादेशी नागरिकको मृत्यु भएपछि ढाकाद्वारा इजरायली आक्रमणको भर्त्सना 

इजरायली सेनाले दक्षिण लेबनानमा गरेको आक्रमणमा परी आफ्ना दुई नागरिकको मृत्यु भएपछि बंगलादेशले उक्त घटनालाई ‘जघन्य’ भन्दै कडा शब्दमा निन्दा गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली सेनाले दक्षिण लेबनानमा गरेको आक्रमणमा परी दुई बंगलादेशी नागरिकको मृत्यु भएको छ।
  • बंगलादेशले उक्त आक्रमणलाई 'जघन्य' भन्दै कडा शब्दमा निन्दा गरेको छ।
  • बंगलादेशले इजरायललाई संयमता अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गरेको छ।

२९ वैशाख, काठमाडौं । इजरायली सेनाले दक्षिण लेबनानमा गरेको आक्रमणमा परी आफ्ना दुई नागरिकको मृत्यु भएपछि बंगलादेशले उक्त घटनालाई ‘जघन्य’ भन्दै कडा शब्दमा निन्दा गरेको छ। बंगलादेशी परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायली बलद्वारा गरिएको उक्त आक्रमणको कडा भर्त्सना गरेको हो।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘इजरायली सेनाले हिजो दक्षिणी लेबनानमा गरेको जघन्य आक्रमणको बंगलादेश कडाभन्दा कडा शब्दमा निन्दा गर्दछ, जसको परिणाम स्वरूप दुई बंगलादेशी नागरिकको दुखद मृत्यु भएको छ।’

इजरायली आक्रमणमा ज्यान गुमाउनेहरूमा बंगलादेशको दक्षिण–पूर्वी सातखिरा जिल्लाका बासिन्दा शफिकुल इस्लाम र नाहिदुल इस्लाम नाहिद रहेका छन्। बंगलादेशले लेबनानमा जारी हिंसा र सर्वसाधारणको ज्यान गइरहेको घटनाप्रति पुनः गम्भीर चिन्ता व्यक्त गर्दै इजरायललाई संयमता अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गरेको छ।

लेबनानस्थित बंगलादेशी दूतावासले मृतकहरूको शव स्वदेश फिर्ता ल्याउनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?