News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथर फिदिममा लिम्बु भाषामा लेखिएका १२ वटा साहित्यकृतिको सामूहिक लोकार्पण गरिएको छ।
- किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङले मातृभाषा साहित्यले इतिहास र सांस्कृतिक स्मृतिलाई जीवन्त राख्ने बताउनुभयो।
- याक्थुङ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लक्ष्मीकुमार सेर्मा, नरेन्द्रराज केरुङ, भीम कुरुम्बाङ लगायतका सात लेखकका कृति विमोचन भएका छन्।
२८ वैशाख, पाँचथर । लिम्बु भाषामा लेखिएका साहित्यका १२ वटा पुस्तक लोकार्पण गरिएको छ । पाँचथर सदरमुकाम फिदिममा ‘याक्थुङ साहित्यको सिन्थेसिस’ आयोजना गरि सात जना लेखकका १२ कृतिको एकैसाथ लोकार्पण गरिएको हो ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङले सामूहिक लोकार्पण गर्दै मातृभाषा साहित्यले इतिहास, अस्तित्व र सांस्कृतिक स्मृतिलाई जीवन्त राख्ने बताए ।
लक्ष्मीकुमार सेर्माको मुन्धुम ग्रन्थ ‘युमा?साम्माङ–थेबा? साम्माङ थान्छिङमा मुन्धुम’, नरेन्द्रराज केरुङको कविता सङ्ग्रह ‘चो?लुङबा लाङगाङहा’, भीम कुरुम्बाङको ‘थाङबेन्’, पुष्पहाङ लोवाको ‘मिराक्को केभेक्पा फुङ’, योगी एल.वि. नेम्बाङको निबन्ध ‘मुयेङ केएप्पा याप्मिहा’, मचिन्द्र लोवा ‘सेमी’को गजल ‘पक्कन्दी’ विमोचन भएको थियो ।
यस्तै, सागर केरुङका ६ वटा कृति विमोचन भए । ‘मुन्चइत्–हेन्जिला, ‘मुक्सी नु परिक्हा’, ‘थङ’, ‘सिलाम्साक्मा’, ‘आबु साम्लो–हेन्जिला, मुक्सी नु परिक्हा’, ‘याक्थुङ पाङ–पाङवाइला’ र बालगीत सङ्ग्रह ‘फुङ’ सार्वजनिक गरिए ।
पुस्तक प्रकाशनलाई भाषा–संस्कृति संरक्षण र मातृभाषा साहित्य पुनर्जागरणसँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा लिइएको छ । कार्यक्रम याक्थुङ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको थियो ।
प्रतिक्रिया 4