+
+
Shares

पाँचथरमा विगतको तुलनामा छिट्टै रोपियो चैते धान (तस्वीरहरु)

विगतमा १५ चैतपछि रोपाइँ सुरु हुन्थ्यो । तर अहिले धेरैजसो ठाउँमा रोपाइँ सकिएको छ ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८२ चैत १२ गते ११:२२

१२ चैत, पाँचथर । पूर्वी पहाडी जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष छिट्टै चैते धान रोपिएको छ । फिदिम– २ को होक्माखोला आसपासका अधिकांश खेतमा चैते धान रोपिएको छ ।

यहाँका किसान उपेन्द्र अर्यालका अनुसार विगतमा १५ चैतपछि रोपाइँ सुरु हुन्थ्यो । तर अहिले धेरैजसो ठाउँमा रोपाइँ सकिएको छ । ‘माघमा राखिएको बिउ हुर्किएपछि रोपाइँ गरिन्छ । हामी धेरै पहिलादेखि यहाँ खेती गर्छौ । यसपालि गर्मी बढेको अनुभव गरेका छौँ । पहिला भन्दा धेरै तातो भएर होला बिउ पनि छिटो हुर्कियो,’ उनले भने ।

खेतमा भेटिएकी चन्द्रकुमारी श्रेष्ठले पनि योपल्ट धान छिट्टै रोपिएको सुनाइन् । ‘यहाँको खेतमा पानीको ठूलो समस्या छ । जमिन तातिँदा छिटो बिउ हुर्किन्छ । त्यही भएको हो की ?’ उनले भनिन् ।

केही दिन अघिको वर्षाका कारण चैते धान खेती गर्न सजिलो भएको छ । औल क्षेत्रमा चैते धान खेती गरिन्छ । चैते धान खेती हुने ठाउँमा दुई पल्ट धान खेती लगाईइ । पर्याप्त सिचाइँ हुने ठाउँमामात्र धान खेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र पाँचथरका बाली संरक्षण अधिकृत केशर बहादुर मगरातीले पनि विगतको तुलनामा यो वर्ष केही हप्ता छिटो धान रोपिएको बताए । चैतको पहिलो हप्तादेखि नै यो पल्ट धान रोप्न थालिएको उनले बताए ।  उनका अनुसार फिदिम नगरपालिका, फाल्गुनन्द, कुम्मायक, हिलिहाङ, मिक्लाजुङमा चैते धान खेती हुने गरेको छ । ‘गत वर्ष पाँचथरमा चैते धान खेती घटेको थियो । सिचाइँ कुलो तथा खेत बगाएकाले खेती घटेको थियो । यो पल्ट कुलो बनेकाले धान खेती बढ्ने अनुमान छ,’ उनले भने ।

उनका अनुसार गत वर्ष चैते २ हजार १ सय ३६ हेक्टरमा खेती भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?