+
+
Shares

विन्डोज इन्साइडर प्रोग्राममा सुधार : नयाँ ‘एक्सपेरिमेन्टल’ च्यानल र फिचर कन्ट्रोलको सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते ७:०७

काठमाडौं । माइक्रोसफ्टले विन्डोजको गुणस्तर सुधार गर्ने आफ्नो प्रतिबद्धता अनुरूप ‘विन्डोज इन्साइडर प्रोग्राम’ मा व्यापक फेरबदल गर्ने घोषणा गरेको छ।

सार्वजनिक बेटा परीक्षण प्रणालीलाई अझ व्यवस्थित र अनुमानयोग्य बनाउन कम्पनीले परीक्षणका च्यानलहरूलाई पुनर्गठन गरेको हो।

बिहीबार माइक्रोसफ्टका प्रिन्सिपल ग्रुप प्रोडक्ट म्यानेजर एलिक ओटले सार्वजनिक गरेको नयाँ योजना अनुसार अब साविकका ‘क्यानरी’ र ‘डेभ’ च्यानलहरूलाई मिलाएर एउटै ‘एक्सपेरिमेन्टल’ च्यानल बनाइएको छ।

यस च्यानलमा नयाँ फिचरहरू सबैभन्दा पहिले उपलब्ध हुनेछन् र प्रयोगकर्ताको प्रतिक्रियाले सिधै निर्माण प्रक्रियामा प्रभाव पार्नेछ।

नयाँ प्रणालीका मुख्य विशेषताहरू

च्यानल पुनर्गठन : नयाँ प्रणालीमा ‘एक्सपेरिमेन्टल’ र ‘बेटा’ मुख्य च्यानल रहनेछन्। ‘रिलिज प्रिभ्यू’ च्यानललाई भने ‘एडभान्स्ड’ विकल्पका रूपमा लुकाइएको छ, जुन मुख्यतया आईटी क्षेत्रका विज्ञहरूका लागि लक्षित छ ।

फिचर फ्ल्याग पेज ) : अब प्रयोगकर्ताले नयाँ फिचरहरू आफैँ इनेबल/डिसेबल गर्न सक्नेछन्। यसअघि ‘भाइभ टुल’ जस्ता सफ्टवेयरबाट गरिने यो काम अब विन्डोज सेटिङबाटै सिधै गर्न सकिनेछ।

तल्लो च्यानलमा जान सहज : अब इन्साइडर प्रोग्रामबाट बाहिरिन वा एउटा च्यानलबाट अर्कोमा जानका लागि विन्डोज पूर्ण रूपमा ‘वाइप’ गरेर पुन: इन्स्टल गर्नुपर्ने झन्झट हटेको छ। ‘इन-प्लेस अपग्रेड’ मार्फत प्रयोगकर्ताको डाटा सुरक्षित राख्दै च्यानल परिवर्तन गर्न सकिनेछ।

सीएफआर को अन्त्य : बेटा च्यानलमा अब ‘कन्ट्रोल्ड फिचर रोलआउट पूर्ण रूपमा बन्द गरिएको छ। यसको अर्थ, यदि ब्लगमा कुनै नयाँ फिचरबारे लेखिएको छ र  त्यो भर्सन इन्स्टल गरिएको छ भने, रिबुट गरेपछि त्यो फिचर सिस्टममा तुरुन्तै देखिनेछ।

यी परिवर्तनहरू आगामी केही हप्ताभित्रै लागू हुनेछन्। हाल क्यानरी र डेभ च्यानलमा रहेका प्रयोगकर्ताहरूलाई उनीहरूले चलाइरहेको विन्डोजको संस्करण (जस्तै २५एच२ वा २६एच१) का आधारमा नयाँ च्यानलहरूमा स्वतः सारिनेछ।

माइक्रोसफ्टको यो कदमले विन्डोज प्रयोगकर्ताहरूमाझ रहेको अन्योल हटाउने र सफ्टवेयरको गुणस्तर बढाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?