News Summary
Generated by OK AI. Editorially reviewed.- लेबनानी सेनाले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
- लेबनानी सेनाले इजरायलले कयौंपटक गोलीबारी र आक्रमण गरेको उल्लेख गरेको छ।
- सेनाले विस्थापित नागरिकलाई दक्षिणी गाउँमा फर्किंदा सावधानी अपनाउन आग्रह गरेको छ।
४ वैशाख, काठमाडौं । लेबनानले इजरायलमाथि युवद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
लेबनानीले सेनाले इजरायलका साथ भएको युद्धविराम सम्झौता कयौंपटक उल्लंघन भइसकेको बताएको हो ।
सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा सेनाले लेबनानी गाउँमा इजरायलले गरेको कयौं आक्रकमण ‘रेकर्ड’ गरिएको उल्लेख गरेको छ ।
लेबनानी सेनाले इजरायलका तर्फबाट कयौंपटक गोलीबारी पनि भएको बताएको छ ।
सेनाले विस्थापित नागरिकहरूलाई दक्षिणी क्षेत्रका गाउँमा फर्किंदा सावधानी अपनाउन र खतरयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।
इजरायलका साथ युद्धविरामको घोषणापछि आक्रमणका कारण लेबनानबाट विस्थापित नागरिकहरूले घर फर्किन सुरू गरेका छन् ।
युद्धविराम पछि लेबनानमा नागरिकले खुसीमा उत्सव मनाएका मनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4