१८ वैशाख, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले पछिल्लो युद्धमा भएको खर्चबारे अमेरिका झुट बोलेको टिप्पणी गरेका छन् । यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाको २५ अर्ब डलर खर्च भएको बताएका थिए ।
त्यसको शुक्रबार एक्समार्फत प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अराघचीले अमेरिकी रक्षा मन्त्रालयले बास्तविक खर्च रकमबारे झुट बोलेको दाबी गरेका हुन् ।
‘पेन्टागन झुट बोलिरहेको छ । नेतान्याहु(इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु)को यो जुवाका कारण अमेरिकाको अहिलेसम्म सिधा १०० अर्ब डलर नोक्सान भइसकेको छ,’ अराघचीले एक्समा लेखेका छन्, ‘अमेरिकी दाबी भन्दा चार गुणा बढी खर्च भइसकेको छ ।’
अराघचीले अमेरिकी करदातामाथि अप्रत्यक्ष लागत अझै धेरै रहेको उनले लेखेका छन् । ‘सबै अमेरिकी परिवारमाथि प्रतिमहिना ५०० डलरको खर्च आइरहेको छ । यो तीब्रत्तर बढिरहेको छ,’ उनले भने ।
अराघचीले ‘इजरायल फर्स्ट’को नीतिको मतलब ‘अमेरिका लास्ट’ रहेको पनि बताएका छन् ।
प्रतिक्रिया 4