+
+
Shares

युद्ध खर्चबारे अमेरिकाले झुट बोल्यो : इरानी विदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी रक्षा विभागले इरानसँगको युद्धको लागतको बारेमा झुट बोलिरहेको बताएका छन्।
  • अराघचीले अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भनेको २५ अर्ब डलर खर्चको दाबी गलत भएको र क्षति १०० अर्ब डलर पुगेको दाबी गरे।
  • उनले अमेरिकी करदाताहरूको अप्रत्यक्ष लागत प्रति परिवार प्रति महिना ५०० डलर रहेको र यो बढिरहेको जानकारी दिए।

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी रक्षा विभागले इरानसँगको युद्धको लागतको बारेमा झुट बोलिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्स मार्फत इरानका विदेशमन्त्री अराघचीले यस्तो बताएका हुन् ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाले २५ अर्ब डलर खर्च गरेको बताएका थिए ।

उनले पोस्टमा लेखेका छन्, ‘पेन्टागनले झुट बोलिरहेको छ । नेतान्याहूको जुवाले अहिलेसम्म अमेरिकी डलर १०० अर्बको प्रत्यक्ष क्षति पुर्‍याएको छ । यो दाबी गरिएको रकमको चार गुणा हो ।’

‘अमेरिकी करदाताहरूको अप्रत्यक्ष लागत धेरै बढी छ । सबै अमेरिकी परिवारहरूको लागत प्रति महिना ५०० डलर छ र यो द्रुत गतिमा बढिरहेको छ, अराघचीले भनेका छन् ।

अब्बासले भनेका छन्, ”इजरायल पहिलो’ नीतिको अर्थ ‘अमेरिका अन्तिम’ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?