२५ वैशाख, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान दबाबका अगाडि नझुक्ने बताएका छन् । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा रहेका इरानी सैन्य अखडामाथि हमला गरेपछि शुक्रबार प्रतिक्रिया दिँदै विदेशमन्त्री अराघचीले जब अवस्था कूटनीतिक समाधानतर्फ अघि बढ्छ त्यही बेला अमेरिका खतरानाक सैन्य हमलाको बाटो लिने गरेको भन्दै त्यस्तो दबाबले इरान नझुक्ने बताएका हुन् ।
‘के केबल यही घटिया दबाब बनाउने रणनीति हो ?,’ अराघचीले प्रश्न गर्दै लेखेका छन्, ‘या यो कुनै विध्वंशक काम हो, जो एक पटक फेरि अमेरिकी राष्ट्रपतिलाई एक नयाँ दलदलमा धकेलिरहेको छ ?’
कारण जेसुकै भएपनि नतिजा सधैँ एकै आउने उनले बताएका छन् । ‘र, त्यो यो हो कि इरान कहिल्यै दबाबअघि झुक्दैन’, उनले भनेका छन् ।
अराघचीले अमेरिकी खुफिया एजेन्सी सीआईएले इरानमा मिसाइल भण्डारबारे लगाएको अनुमान पनि गलत रहेको बताएका छन् । ‘हामीसँग मिसाइल भण्डार र लन्चरको क्षमता २८ फेब्रुअरीको तुलनामा ७५ प्रतिशत छैन । सही आँकडा १२० प्रतिशत हो,’ उनले दाबी गरेका छन् ।
प्रतिक्रिया 4