News Summary
Generated by OK AI. Editorially reviewed.- कालिञ्चोक भगवती मन्दिर समुद्री सतहबाट ३८४२ मिटर उचाइमा रहेको दोलखा जिल्लाको प्रख्यात तीर्थस्थल हो।
- मन्दिरको टाकुरामा भगवतीको कालो प्रस्तर मूर्ति राखिएको छ र यसलाई महिषासुरमर्दिनी भगवतीको रूपमा मानिन्छ।
- कुरी बजारदेखि मन्दिरसम्म केबुलकार सुविधा छ र यहाँ हिउँ परेका बेला पर्यटकको भीड हुने गर्छ ।
कालिञ्चोक भगवती मन्दिर दोलखा जिल्लाको निकै नै प्रख्यात तीर्थस्थल हो । समुद्री सतहबाट ३८४२ मिटरको उचाइमा रहेको यो मन्दिर पर्यटकीय हिसाबमा पनि निकै चर्चित छ ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट यो करिब १८ किलोमिटरको दूरीमा पर्छ । कालिञ्चोक मन्दिर भएको टाँकुरा भन्दा करिब १ किलोमिटर तल कुरी बजार रहेको छ । हिँडेर उकालो चढ्दा ३०-४० मिनेटमा माथि पुग्न सकिन्छ । अहिले भने कुरी बजारबाट मन्दिर भन्दा थोरै तलसम्म पुग्न केबुलकारको सुविधा छ ।

मन्दिर रहेको स्थल पहाडको टाकुरा छ । भगवतीको मन्दिर रहेको टाकुरा करिब २२ मिटर चौडाइ र ६९ मिटर मिटर लम्बाइको छ । यस टाकुरामा गणेश, शिवजी र सरस्वती लगायत अन्य देवताहरूको मूर्ति रहेको छ । करिब ८ मिटर चौडाई र २० मिटर लम्बाई भएको एक प्राकृतिक कुण्ड समेत रहेको छ । यही कुण्डलाई कालिञ्चोक भगवतीको प्रतीक मानी पूजा गर्ने गरिन्छ । यस कुण्डको जल दोलखा बजारमा रहेको भीमेश्वर मन्दिरमा आउँछ भन्ने जनविश्वास समेत रहेको छ ।

यहाँ पहिले भगवतीको कुनै पनि मूर्ति थिएन तर अहिले भने मन्दिर परिसरको पश्चिमतर्फ एक किनारमा कालो प्रस्तरको भगवतीको मूर्ति राखिएको छ। कालिञ्चोक माईलाई महिषासुरमर्दिनी भगवतीको रूपमा मानिन्छ । सप्तसती अनुसार चण्ड र मुण्डलाई वध गर्ने पर्वतराज हिमालय कि छोरी पार्वती यिनै कालिञ्चोक देवी हुन भनिन्छ ।

यसैलाई अद्याशक्ति महाकालीको स्वरूप मानिएको छ । यस देवीलाई भगवतीको तीन स्वरुप महाकाली, महालक्ष्मी र महासरस्वती मध्येको महाकालीको रुप मानिन्छ ।
मन्दिर रहेको टाकुरामा पूर्वतर्फबाट जाँदा १५६ खुडकिला चढनुपर्छ भने, पश्चिमतर्फबाट जाँदा २२ खुडकिला चढनुपर्छ । अहिले मन्दिर व्यवस्थापनले भक्तजनहरूको सुविधाका लागि पूर्वबाट चढने र पश्चिमबाट फर्कने व्यवस्था मिलाएको छ।

कालिञ्चोक कुण्डबाट चारधारा भएर बगेको जल, उत्तरबाट बगेको तामाकोशी, पश्चिमबाट बगेको सुनकोशी, पूर्वबाट बगेको इन्द्रावती र दक्षिणबाट बगेको भगवतीको कुण्डबाट झर्ने जुन मूल हो त्यसलाई चरणावती भनिन्छ ।
यहाँ तिनतले पोक भनिने एक ठूलो ओडार समेत रहेको छ । यहाँको जस्तो हनुमानको मूर्ति भारतको उज्जैनबाहेक अन्यत्र कहीँ पनि छैन । किम्बदन्ती अनुसार यहाँ रहेको कुण्ड सत्य युगमा दोलखामा राक्षसहरूले नाश गरिदिएपछि देवगणहरूले भगवतीलाई निम्ता गरी दोलखामा ल्याई विधिपूर्वक पूजा अर्चना गरी खुसियाली मनाएछन् ।
त्यसको प्रतीक स्वरूप बालाचर्तुदशीका दिन भगवतीका किकिर्ण खट राखोर बाजागाजासहित मन्दिरमा जान्छन् । किकिर्पालाई बक्साएर फर्कन्छन्। पूणिर्माको दिन सिन्दुर जात्रा गरी मन्त्राइन्छ । त्यसपछि नारायणस्थानमा यज्ञ पनि हुन्छ ।
यस स्थलमा जनैपूर्णिमा र विजया दशमीका दिन भक्तजनहरूको अत्यधिक भीड लाग्ने गर्दछ । साथै मेला पनि लाग्ने गर्दछ । यस कालिञ्चोक भगवतीको मूर्तिको पूजा गर्नाले धन वृद्धि हुने, मृत्युपछि स्वर्ग प्राप्ति हुने र निरोगी रहने जनविश्वास छ।

मन्दिर भन्दा तल रहेको कुरी बजार निकै चालुको पर्यटकीय ठाउँ हो ।
यहां चैत्र महिनासम्म हिउँ पर्ने, हुस्सु लाग्ने, कुहिरोले छोप्ने हुँदा बैशाख महिनामा जाँदा उपयुक्त मौसम रहने छ । वैशाख महिनामा फुल्ने विभिन्न जातका लालिगुराँसका फूल बाटोभरि देख्न पाइन्छ ।
ज्येष्ठमा फुल्ने सून्वरी फूल र प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले प्राकृतिक दृश्यावलोकनका लागि पनि यो ठाउँ निकै उपयुक्त छ ।
हिउँ पर्ने समयमा कुरी बजारदेखि मन्दिरसम्म हिउँले ढाकेको हुन्छ । हिउँ हेर्न र हिउँ खेल्नका लागि समेत यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।
प्रतिक्रिया 4