News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्णालीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नभए पनि सोही प्रदेशमा ठूलो बजेट विनियोजन गर्ने बताए।
- उनले प्रतिनिधिसभा अर्थसमितिको बैठकमा यसपालि पहुँचका आधारमा बजेट विनियोजन गर्ने परिपाटी हटाइने स्पष्ट पारे।
- उनले सबै २ सय ७५ सांसदकै सम्बोधन हुने गरी राष्ट्रिय मानचित्रमा प्राथमिकता तय गरिएको र साधनस्रोत सीमाले सबै कुरा यसै वर्ष सम्भव नहुने बताए।
२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्णालीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नभए पनि सोही प्रदेशमा ठूलो बजेट हाल्न लागेको बताएका छन् ।
प्रतिनिधिसभा अर्थसमितिको मंगलबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले यसपालि पहुँचका आधारमा बजेट विनियोजन हुने परिपाटी हटाइने बताए ।
‘यसपालि हामी यति निष्पक्ष हिसाबले बजेट विनियोजन गर्नेवाला छौं, त्यसैले पहिला–पहिला जस्तो आफ्नो सांसदको क्षेत्रमा मात्र बजेट खन्याउने परिपाटीबाट हामी पूर्णतया विमुख छौं,’ उनले भने ।
उनले अगाडि भने, ‘हाम्रा सांसदहरू बेखुस हुनुहुन्छ भन्ने जानकारी पाएको छु, खै हाम्रो त केही नपर्ने हो कि भन्ने संशय पनि छ, तर राष्ट्रिय मानचित्रमा जुन प्राथमिकता तय गरिएका छन्, सबै २ सय ७५ सांसदकै सम्बोधन हुने गरी सोच राखिएको छ ।’
तर, साधनस्रोत सीमाले सबै कुरा यसै वर्ष सम्भव नहुने समेत उनले स्पष्ट पारे ।
प्रतिक्रिया 4