+
+
Shares

संसद्‌मा म निदाएको थिइनँ, फोनमा इमर्जेन्सी म्यासेज पढ्दै थिएँ : अर्थमन्त्री

अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा निदाएको भन्दै भाइरल भएको विषयमा स्पष्टीकरण दिँदै फोन टेबुलमुनि राखेर म्यासेज हेर्दा गलत बुझिएको बताए।
  • अर्थमन्त्री वाग्लेले अर्थ समितिको बैठकमा \'जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ\' भन्दै सांसदहरूलाई सचेत गराए।
  • उहाँले राष्ट्रपतिको अगाडि फोन हेर्न शोभनीय नहुने भन्दै त्यसकारण फोन तल राखेर म्यासेज हेरेको खुलाए।

२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् ।

अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे ।

‘अर्जेन्ट म्यासेजहरू आइरहेको थियो, (फोन उचाल्दै) माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएर (फोन तल राख्दै) टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ, अर्थमन्त्री निदायो भनेर दसौं लाखलाई रमिता भएको छ आज,’ उनले भने, ‘त्यसैले जे देखिन्छ, त्यो सही नहुन पनि सक्छ, एकदम दूरगामी निष्कर्षमा पुगिनहाल्नु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?