News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न सोमबारदेखि देशभरि 'मूल्य पारदर्शिता सप्ताह' सुरु गरेको छ।
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सम्पूर्ण उत्पादक तथा पैठारीकर्ताले वस्तुमा अधिकतम खुद्रा मूल्य, गुणस्तर र इन्ग्रिडिएन्ट लेबल अनिवार्य गर्नुपर्ने जनाएको छ।
- विभागले विवरण नखुलाइ सामान बिक्री गरेमा कानुनी कारबाही हुने र निजी क्षेत्रका उद्योगी, व्यवसायीबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ।
२९ वैशाख, काठमाडौं । सरकारले बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्ने र उपभोक्ता अधिकार सुनिश्चित गर्ने उद्देश्यसाथ सोमबारदेखि देशभरि ‘मूल्य पारदर्शिता सप्ताह’ सुरु गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था अनुसार बजार स्वच्छ र पारदर्शी बनाउन यो अभियान सञ्चालन गरिएको जनाएको छ ।
यस अभियान अन्तर्गत अबदेखि सम्पूर्ण उत्पादक तथा पैठारीकर्ता आफूले उत्पादन वा आयात गरी बिक्री वितरण गर्ने हरेक वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी), वस्तुको गुणस्तर र इन्ग्रिडिएन्ट लेबल लगायत सम्पूर्ण विवरण सुनिश्चित गर्नुपर्ने छ ।
यी विवरण नखुलाइ सामान बिक्री वितरण गरे वा उपभोक्तालाई भ्रममा पारे कानुनी कारबाहीको दायरामा ल्याइने विभागले जनाएको छ ।
बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा र मूल्यगत अन्योल चिर्न यो सप्ताहले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
विभागले यो सप्ताहलाई सफल बनाउन र बजारमा स्वच्छता कायम गर्न निजी क्षेत्रका उद्योगी, व्यवसायी र सम्पूर्ण सरोकारवाला निकायबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ ।
यस अभियानले उपभोक्तालाई आफूले खरिद गर्ने वस्तुको वास्तविक मूल्य र गुणस्तरबारे जानकारी पाउन सहज बनाउने र बजारमा हुने ठगी नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया 4