+
+
Shares

दिदी-भाइको माया दर्शाउने ‘पार्वती’ को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ को टिजर सार्वजनिक भएको छ ।
  • फिल्ममा अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक कथावस्तु चित्रण गरिएको छ ।
  • १२ भदौबाट प्रदर्शन हुने यस फिल्ममा अशोक दर्जी र नीता ढुङ्गानाको मुख्य भूमिका छ ।

काठमाडौँ । नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुलाई संक्षिप्तरुपमा चित्रण गरेको छ ।

अटिजम भएकी दिदी र भाईबीचको मायाले दर्शकलाई भावुक बनाउँछ । पार्वती अर्थात नीता र किरण भाई अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो टिजरमा अटाइएको छ ।

फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेलको पनि अभिनय छ । कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी छन् ।

यो फिल्म १२ भदौदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?