+
+
Shares

दूरसञ्चार प्राधिकरणले उपलब्ध गरायो २० स्याटेलाइट फोन

टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत स्याटेलाइटका माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १६:४८

१४ भदौ, काठमाडौं । रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाह सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त यी फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।

उपलब्ध गराइएका कुल फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ । स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म नि:शुल्क प्रयोग गर्न सकिने छ ।

टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत स्याटेलाइटका माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ ।

यसको प्रयोगले विपद्का समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्य थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?