+
+
Shares

बाढीपीडितको सहयोगमा जुट्दै कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १६:०१

१४ भदौ, गत १० भदौमा भएको विनाशकारी बाढीपछि राहत तथा उद्धारमा नेपाली कलाकारहरू सक्रिय भएका छन् । देश, विदेश रहेका कलाकारहरू सक्रिय भएर लागिपरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्नुका साथै कतिपय ठाउँमा राहत लिएर पुगिरहेका छन् ।

वर्षा शिवाकोटीले ३ लाख सहयोग गरिन् । कन्टेन्ट क्रियटर तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय)ले ५ लाख रूपैयाँ सहयोग गरे । गायक तथा अभिनेता प्रकाश सपूतले एक लाख रुपैयाँ सहयोग गरे । गायिका रचना रिमालले पनि सहयोग गरिन् ।

त्यस्तै गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत अत्यावश्यक सामग्री प्रदान गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकी छिन् ।

प्रभावित परिवारलाई लत्ताकपडा, सिरक, डसना, सिरानी, तन्ना, जस्ता आवश्यक सामग्री वितरण गर्न दुर्गेश थापा नुवाकोट पुगेका थिए ।

पाहुना टूरको सिलसिलामा अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा रहेका गायक सुशान्त केसीले उतैबाट बाढी प्रभावितका लागि १० लाख रुपैयाँ दिए । अमेरिका टुरमा रहेको जोन एन्डी लोकल्स ब्यान्डले पनि ५ लाख आर्थिक सहयोग गरेको छ ।

त्यसैगरी कन्दरा ब्यान्डले अमेरिकाको एट्लान्टमा गर्ने प्रस्तुतिलाई श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने र त्यसबाट कार्यक्रमबाट प्राप्त हुने रकम आकस्मिक राहत कोषमा जुटाउने र आवश्यकताअनुसार पीडित तथा प्रभावित समुदायसम्म पुर्‍याउने भएको छ ।

कलाकारहरूले आर्थिक सहयोग गर्नुका साथै यो विषम परिस्थितिमा एक हुन सबैलाई आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?