+

एसियाड तयारीका लागि योङगी र इभाना थाइल्यान्ड प्रस्थान

२०८३ भदौ  २० गते ७:५२ २०८३ भदौ २० गते ७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि टेबल टेनिस खेलाडी योङगी पौडेल र इभाना थापा थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
  • उनीहरूले सेप्टेम्बर ४ देखि १५ तारिखसम्म बैंककको थोनबुरी विश्वविद्यालयमा विशेष प्रशिक्षण लिनेछन् ।

२० भदौ, काठमाडौं : जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि टेबल टेनिस खेलाडी योङगी पौडेल र इभाना थापा थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

उनीहरूले सेप्टेम्बर ४ देखि १५ तारिखसम्म थोनबुरी विश्वविद्यालयमा विशेष प्रशिक्षण लिनेछन् । उक्त प्रशिक्षणले आगामी एसियन गेम्सका लागि खेलाडीहरूको तयारी, खेलस्तर र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महजृनले जनाएका छन् ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र कोषाध्यक्ष महर्जनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

२०औं एसियन गेम्स टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय