+

सन्दीप बने नेपाली ओडीआई टिमको कप्तान

२०८३ साउन  २५ गते १८:४० २०८३ साउन २५ गते १८:४०

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआईको कप्तान नियुक्त गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट सङ्घले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडिआई कप्तानमा नियुक्त गरेको छ ।
  • क्यानले रोहित पौडेललाई उक्त जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानको रूपमा चयन गर्ने निर्णय गरेको हो ।
  • सन्दीप लामिछानेले अब नेपाली टोलीको ओडिआई फर्म्याटको नेतृत्व गर्ने भएका छन् ।

२५ साउन, काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने नेपाली ओडीआई क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तान नियुक्त गरेको हो ।

सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो ।

सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् ।

सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन् ।

आइसीसी विश्वकप लिग–२ मा नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो । याेसँगै राेहितले ओडिआई र टी–२० दुवैको कप्तानी गुमाएका छन् ।

क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी–२० को कप्तान नियुक्त गरेको थियो ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय