अनलाइनखबरको ‘५० प्रभावशाली महिला’ छनोट मनोनयन फर्म
५० प्रभावशाली महिलामा किन मनोनयन गर्ने ?
कल्पना गर्नुहोस्, एक समाज जहाँ महिलाहरू आफ्नो क्षमता प्रदर्शन गर्न स्वतन्त्र छैनन्। जहाँ उनीहरूको आवाज हम्मेसी सुनिंदैन। तर हामी परिवर्तन देखिरहेका छौं। हाम्रो समाजमा महिलाले हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाइरहेका छन्।
तर पनि अझै संरचनात्मक विभेद कायम छ । यी सबै कारण हाम्रो समाजमा महिला आफैंमा एउटा वर्ग बन्न पुगेको छ र सबै खाले महिला कुनै न कुनै प्रकारको विभेदमा परेका छन् ।
यावत् अवरोध र कठिन परिस्थितिहरूका बीचबाट हाम्रो समाजमा उल्लेख्य सङ्ख्यामा महिलाले पनि सफलता हासिल गरिरहेका छन् । उनीहरूले आफ्नो लगनशीलता र मिहिनेतले नयाँ इतिहास रचेका छन्। समाजलाई आशाको किरण प्रवाह गरिरहेका छन् ।
यसर्थ अनलाइनखबर ले हरेक वर्ष ८ मार्चमा नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञानविज्ञान आदि क्षेत्रका महिलाको अर्थपूर्ण उपस्थितिलाई सार्वजनिक मञ्चमै गणना हुने विषय बन्न सकोस् भनी ५० प्रभावशाली महिलाको सूची तयार गर्ने गरेको छ ।
यो कार्यक्रम अनलाइनखबरको एउटा यस्तो पहल हो जसले ८ मार्चको अवसर पारेर नेपालका ५० सबैभन्दा प्रेरणादायी/प्रभावशाली महिलालाई पहिचान र सम्मान गर्नेछ । उनीहरू आफ्नो क्षेत्रमा महत्वपूर्ण प्रभाव छोड्ने गरी काम गरेका परिवर्तनकर्ता महिलाहरू हुनेछन् । यो प्रयत्न महिलाहरूको संघर्ष, सशक्तीकरण, साधना, प्रतिभाको महोत्सव पनि हो ।
यसका लागि तपाईंले मनोनयन गर्नुभएको र हाम्रो समाचार कक्षका सहकर्मी, विभिन्न सरोकारवाला तथा स्रोतहरूले दिनुभएको सूचनामा आधारित रहेर हामी प्रारम्भिक सूची बनाउँदैछौं ।
उपलब्ध प्रारम्भिक सूचीलाई हामीले निर्णायक अर्थात् छनोट समितिसमक्ष पेश गर्नेछौं । उहाँहरूको छनोट तथा सिफारिसमा आधारित भएर ५० प्रभावशाली महिलाको अन्तिम सूची ८ मार्चमा सार्वजनिक गर्नेछौं ।
आउनुहोस्, हामी सँगै यी सफल महिलाहरूलाई सम्मान गरौं।
कसलाई मनोनयन गर्ने ?
हामी शक्तिको प्रयोगका कारण चम्किलो देखिएका भन्दा आफ्नो मेधा, प्रतिभा अनि निरन्तरको संघर्ष र समर्पण साथै नयाँ उपलब्धिको खोजीका लागि अवरोधहरू चिर्दै डट्ने सामर्थ्य भएका ५० महिलाको अन्तिम सूचीमा समेटिऊन् भन्ने चाहन्छौं ।
हामी नेपाली समाजको प्रत्येक इकाईभित्र पसेर अध्ययन गर्ने कोसिस गर्नेछौं, जसमध्येबाट छानिएका ५० नामहरूलाई हामी हाम्रा आदरणीय पाठकबीच सार्वजनिक गर्न चाहन्छौं ।
संरचनागत लाभांशमा छुटेका थुप्रै महिला तपाईंले मनोनयन गरेकै कारण यो सूचीमा अटाउनुहुनेछ । महत्वपूर्ण योगदानकर्ता महिलाहरू नछुटाउन पनि तपाईं प्रबुद्ध पाठकबाट हामी सहयोगको अपेक्षा गर्छौं ।
धन्यवाद !
५० प्रभावशाली महिला-२०२५ बारे जानकारी
१. ५० प्रभावशाली महिला कार्यक्रम के हो ?
५० प्रभावशाली महिला कार्यक्रम अनलाइनखबरको एउटा यस्तो पहल हो जसले ८ मार्चको अवसर पारेर नेपालका ५० सबैभन्दा प्रेरणादायी/प्रभावशाली महिलाहरूलाई पहिचान र सम्मान गर्नेछ । उनीहरू आफ्नो क्षेत्रमा महत्वपूर्ण प्रभाव छोड्ने गरी काम गरेका परिवर्तनकर्ता महिलाहरू हुनेछन् ।
२. कसलाई मनोनयन गर्न सकिन्छ ?
आफ्नो क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कुनै पनि नेपाली नागरिक मनोनयनका लागि योग्य छन् । यसमा नेपाली नागरिक वा नेपालमा काम गरिरहेका विदेशीहरू सहभागी हुन सक्नेछन् । व्यवसाय, सामाजिक कार्य, प्रविधि, कला, शिक्षा लगायत विभिन्न क्षेत्रमा कार्यरत युवाहरू समावेश हुन सक्छन्। अघिल्लो वर्ष ५० प्रभावशाली महिलाको सूचीमा समावेश भएका महिलालाई यसपटक मनोनयन गर्न सकिने छैन ।
३. उनीहरू कसरी छानिन्छन् ?
उम्मेदवारहरूको उपलब्धि, नेतृत्व गुण र आफ्नो क्षेत्रमा सिर्जना गरेको प्रभावको आधारमा मूल्याङ्कन गरिनेछ । नोमिनेसनमा परेका र अनलाइनखबरले आफैंले फेला पारेका पात्रहरूको सूचीलाई छनोट समितिले मापदण्डका आधारमा अन्तिम ५० जनाको छनोट गर्नेछ।
४. के म आफैं मनोनयन गर्न सक्छु?
सक्नुहुन्छ, तपाईं ५० प्रभावशाली महिला कार्यक्रमको लागि योग्य ठान्नुहुन्छ भने आफैंलाई पनि मनोनयन गर्न सक्नुहुन्छ । यदि कोही यस्ता अरु पात्र तपाईंले चिन्नु/देख्नुभएको छ भने उनलाई पनि मनोनयन गर्न सक्नुहुन्छ ।
५. मनोनयनको अन्तिम मिति कहिले हो?
२६ मंसिर तदनुसार ४ डिसेम्बर २०२४ को कार्यालय समयभित्र मनोनयन गर्न सकिनेछ ।
६. कसैलाई मनोनयन गर्न शुल्क लाग्छ ?
लाग्दैन, ५० प्रभावशाली महिला कार्यक्रमको लागि कसैलाई मनोनयन गर्न कुनै शुल्क लाग्दैन।
७. के मैले एकभन्दा बढी पात्रलाई पनि यो सूचीका लागि सिफारिस गर्न सक्छु ?
अवश्य पनि, बढीमा तीन जनालाई मनोनयन गर्न सक्नुहुन्छ ।
७. आफू मनोनयनमा परेका उम्मेदवारहरूले यो सूचना कसरी थाहा पाउँछन् ?
मनोनयनमा परेकाहरू बारे थप कुरा बुझ्नु परे अनलाइनखबरले सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नेछ । ५० प्रभावशाली महिला छनोट भइसकेपछि भने प्रोफाइल लेखनका लागि अनलाइनखबरले सम्पर्क गर्नेछ र अन्तर्राष्ट्रिय नारी दिवसको दिन उनीहरूलाई अनलाइनखबरले आफ्नो वेबसाइट र सामाजिक सञ्जाल मार्फत सार्वजनिक घोषणा गर्नेछ ।
८. यो सूचीमा मनोनयनमा परेको भन्दै मैले इमेल प्राप्त गरें, अब के गर्नुपर्छ?
हो, यो सूचीमा मनोनयन परेको बारे तपाईंलाई अनलाइनखबरको आधिकारिक इमेलबाट सूचना आउन सक्छ । त्योसँगै तपाईंलाई अनलाइनखबरका प्रतिनिधिले सम्पर्क गर्नुहुनेछ जसलाई आवश्यक जानकारी दिएर सहयोग गर्नुपर्नेछ ।
९. मैले यस बारेमा थप जानकारी कहाँ पाउन सक्छु?
५० प्रभावशाली महिला कार्यक्रमको बारेमा थप जानकारीको लागि onlinekhabar.com को वेबसाइट र सोसल मिडिया प्लेटफर्महरू हेर्नुहोस् जहाँ विस्तृत जानकारी, मापदण्ड र छनोट प्रक्रिया पोस्ट गरिएको छ ।
१०. के मैले कार्यक्रमलाई सघाउन अरू केही गर्न सक्छु?
तपाईंले आफ्ना साथी, परिवार र अन्य च्यानल मार्फत ५० प्रभावशाली महिला कार्यक्रमको बारेमा प्रचार गर्न मद्दत गर्न सक्नुहुन्छ। यसले थप योग्य युवा व्यक्तिहरूको पहिचान गर्न र कार्यक्रमलाई सफल बनाउन मद्दत गर्नेछ।
अनलाइनखबरको ५० प्रभावशाली महिला मनोनयन गर्नुभएकोमा धन्यवाद । हामी तपाईंले मनोनयन गर्नुभएका पात्रहरूलाई अनलाइनखबरको प्रतिनिधिले उनीहरूले भर्नुपर्ने फर्म सहित सम्पर्क गर्नेछन् । तपाईंलाई यो प्रक्रिया बारे केही जिज्ञासा वा सुझाव छन् भने हामीलाई list@onlinekhabar.com मा इमेल गर्नुहोला । अन्तिम सूची ८ मार्च २०२५ मा सार्वजनिक गर्नेछौं । यो अभियानलाई प्रवर्द्धकका रूपमा सघाउन चाहनुहुन्छ भने marketing@onlinekhabar.com इमेलमा सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंको सहभागिताको लागि धन्यवाद !