१८ कात्तिक, खोटाङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोटाङको जिल्ला सभापतिमा रोजन राईलाई निर्वाचित गरेको छ ।
१५ औं नियमित महाधिवेसन अन्तर्गत बुधबार सम्पन्न आठौं जिल्ला अधिवेसनबाट राईलाई सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित गरेको हो ।
यसअघि देउवा पक्षले राईलाई १५ औं महाधिवेसन तयारी समितिको जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो ।
यस्तै, उपसभापतिमा खिलाराज राई र केशव राई, सचिवमा अमृत गिरी र प्रदीप कार्की, सह–सचिवमा अनिता राई र सुरेश कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, प्रदेश (क)को सभापतिमा उद्धव राई, उपसभापतिमा मकर राई, सचिवमा टीकाबहादुर बस्नेत, सह–सचिवमा सेकेन्द्र राई र राधा गिरी निर्वाचित भएका छन् । प्रदेश (ख)को सभापतिमा सुनिलचन्द्र राई, उपसभापतिमा भीमबहादुर राउत र निरेशकुमार राई, सचिवमा सरगम राई र बिश्वदीप राई निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार महासमिति सदस्यमा भुपेन्द्र राई, हिरा गुरुङ, दिनेश राई, पदम निरौला, नवराज राई, सरिता आङदेम्बे, देबी राई, देबेन्द्र बस्नेत, लोकेन्द्र राई, योगेन्द्र राई, पेशलकुमार राई, राकेश परियार र इन्दिरा दाहाल निर्वाचित भएका छन् ।
महाधिबेसन प्रतिनिधिमा हिरा गुरुङ, सरिता आङदेम्बे, देबी राई, शान्तीकला राई, भुपेन्द्र राई, दिनेश राई, योगेन्द्र राई, लोकेन्द्र राई, पेशलकुमार राई, बसन्त राई, नवराज राई, दिलीप खत्री, भीमकेशर राई, राकेश परियार, बिकास श्रेष्ठ, इन्दिरा दाहाल, पदम निरौला, उदय चाम्लिङ, दुरेन्द्रकुमार राई, मोहन राई, सुमन राई, सुनिता राई, कम्पसेर राई, सन्तोष राई, निर्पध्वज बिक, देबेन्द्र बस्नेत, कृष्णराज आचार्य, प्रतिक्षा राई, योगेश गुरुङ, दिपक बिक, सत्यवती राई, निर्मला राई, हरि थापा र स्मृति राई निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4