+

कुशल भुर्तेलको अर्धशतकमा नेपालले बराबरी गर्‍यो टी–२० शृंखला

२०८३ वैशाख  ८ गते २०:१० २०८३ वैशाख ८ गते २०:१०

योसँगै दुई खेलको टी–२० आई सिरिज एक–एकको बराबरीमा टुंगिएको छ ।

कुशल भुर्तेलको अर्धशतकमा नेपालले बराबरी गर्‍यो टी–२० शृंखला

८ वैशाख, काठमाडौं । यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

योसँगै दुई खेलको टी–२० आई सिरिज एक–एकको बराबरीमा टुंगिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल ५७ बलमा ८४ रन बनाएर अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरी १७ बलमा २३ रन बनाएर अविजित रहे । ओपनर कुशल मल्ल १९ बल र सन्तोष यादव १ रन जोडेर आउट भए । बलिङमा युएईका मोहम्मद अरफान र निलंश केसवानीले एकएक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । युएईका लागि अक्षदीप नाथले अर्धशतक प्रहार गरे । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद अरफानको साझेदारीले उकासेको थियो ।

नाथ र अरफानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । नाथ ५३ रनमा अविजित रहँदा अरफान ३२ रनमा आउट भए । कप्तान मोहम्मद वासिम ०, अदीब उसमानी ३०, अलीशान शराफू १, हरप्रीत सिंह भाटिया १, शोएब खान ०, निलंश केसवानी ० र खुजाइमा तनभीर ० रनमा आउट भए । बलिङमा नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र शाहव आलमले एकएक विकेट लिएका थिए ।

यूएई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय