Photo Credit : CAN
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्धको तेस्रो म्याचमा टस जितेर ब्याटिङ रोजेको छ।
- नेपाली कप्तान रोहितकुमार पौडेलले त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बताए।
- नेपालले पहिलो म्याचमा यूएईलाई पराजित गरेको थियो भने दोस्रो म्याचमा ओमानसँग पराजित भएको छ।
१८ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी शृंखलाको आफ्नो तेस्रो म्याचमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
त्रिवि क्रिकेट खेलमैदानमा यूएईसँगको म्याचमा टस जित्दै नेपाली कप्तान रोहितकुमार पौडेलले ब्याटिङ रोजेका हुन् ।
शृंखलाको पहिलो म्याचमा नेपालले यूएईलाई पराजित गर्दै महत्वपूर्ण २ अंक हासिल गरेको थियो । तर, आफ्नो दोस्रो म्याचमा नेपाल ओमानसँग निकै खराब प्रदर्शन गर्दै पराजित हुन पुग्यो ।
यूएई भने पहिलो खेलमा नेपालसँग पराजित भएपछि दोस्रो खेलमा ओमानलाई हराएर उच्च मानसिकतामा छ र नेपालविरुद्ध पनि जितको खोजीमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4