+
आईसीसी विश्वकप लिग–२ :

ओडीआईमा अर्जुन कुमालको डेब्यू

२०८३ वैशाख  १८ गते ९:१५ २०८३ वैशाख १८ गते ९:१५

अर्जुनले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको आधारमा उनले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

ओडीआईमा अर्जुन कुमालको डेब्यू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा ब्याटर अर्जुन कुमालले १८ वैशाखमा त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्धको ओडीआई खेलमा डेब्यु गरेका छन्।
  • उनलाई कप्तान रोहित पौडेलले डेब्यु क्याप हस्तान्तरण गरेका छन्।
  • अर्जुनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

१८ वैशाख, काठमाडौं । युवा ब्याटर अर्जुन कुमालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई)मा डेब्यू गरेका छन् ।

आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध केहीबेरमा हुने खेलमा नेपालका युवा ब्याटिङ अर्जुनले डेब्यु गरेका हुन् ।

उनलाई कप्तान रोहित पौडेलले डेब्यु क्याप हस्तान्तरण गरे ।

अर्जुनले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको आधारमा उनले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

क्रिजमा जमेर लामो इनिङ खेल्ने क्षमता अर्जुनमा छ ।

अर्जुन कुमाल आईसीसी विश्वकप लिग २ आईसीसी विश्वकप लिग–२ सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय