News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई २–० ले पराजित गर्दै स्पेनिस ला लिगाको २९औं उपाधि जितेको छ।
- बार्सिलोनाका मार्कस रासफर्डले नवौं मिनेटमा फ्रिकिक गोल गरे भने फेरान टोरेसले १८औं मिनेटमा दोस्रो गोल गरे।
- बार्सिलोनाले सिजन सकिन तीन खेल बाँकी रहँदै ९१ अंकसहित उपाधि सुनिश्चित गरेको छ र घरेलु मैदानमा अपराजित रह्यो।
२७ वैशाख, काठमाडौं । बार्सिलोनाले चिरप्रतिद्वन्द्वी प्रतिद्वन्द्वी रियल मड्रिडसँगको दोस्रो एकल क्लासिको खेल जित्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ ।
गएराति घरेलु मैदानमा खेलमा बार्सिलोनाले रियललाई २–० ले पराजित गर्दै लगातार दोस्रोपटक अनि समग्रमा २९औं उपाधि जितेको हो ।
बार्सिलोनाका लागि मार्कस रासफर्डले नवौं मिनेटमा आकर्षक फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि १८औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल गरे । त्यसपछि भने गोल भएनन् ।
यस जितसँगै बार्सिलोनाले सिजन सकिन तीन खेल बाँकी रहँदै ला लिगा उपाधि जितेको हो । बार्सिलोनाको ३५ खेलबाट ९१ अंक भएको छ भने दोस्रो स्थानको रियलको समान खेलबाट ७९ अंक छ ।
बार्सिलोना यस सिजन घरेलु मैदानमा अपराजित रह्यो । उसले घरेलु मैदानमा खेलेका सबै १८ खेल जित्दै प्रभावशाली प्रदर्शन गरेको थियो ।
प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले लगातार ११ खेल जित्दै उपाधि यात्रा पूरा गरेको हो ।
प्रतिक्रिया 4