News Summary
Generated by OK AI. Editorially reviewed.- आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिजमा ओमानविरुद्ध ६६ बलमा ५ चौका र १ छक्का सहित अर्धशतक प्रहार गरेका छन्।
- विनोद भण्डारी पहिलो बलमै आउट भए भने आसिफ र अर्जुन कुमालले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका छन्।
- आसिफ ओडीआईमा नेपालका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् र आज पहिलो रोजाईँमा फर्केर अर्धशतक बनाएका छन्।
२३ वैशाख, काठमाडौं । आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत ओमानसँग भइरहेको खेलमा अर्धशतक प्रहार गरेका छन् ।
ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो । विनोद भण्डारीसँगै ओपनिङ गरेका आसिफले ६६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।
विनोद भण्डारी भने पहिलो बलमै आउट भए । ओमानले पहिलो ओभर मेडन राखेको थियो । त्यसपछि स्ट्राइक परिवर्तन हुँदा विनोद दोस्रो ओभरको पहिलो बलमै खाता नखोली आउट भए ।
त्यसपछि आसिफ र अर्जुन कुमाल मिलेर नेपालको इनिङ्स सम्हालिरहेका छन् । यो जोडीले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् ।
आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । कप्तान रोहित पौडेलले ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाएका छन् ।
६६औं ओडीआई खेल खेलिरहेका आसिफले एक शतक समेत प्रहार गरेका छन् ।
यसअघि यूएई विरुद्धको खेलमा पहिलो बेन्चमा बसेका आसिफले आज ओमान विरुद्ध पहिलो रोजाइमा फर्कँदै अर्धशतक बनाएका हुन् ।

प्रतिक्रिया 4