+

आसिफको दोहोरो शतकमा एपीएफको कीर्तिमानी योगफल

२०८२ चैत  ३० गते १२:२६ २०८२ चैत ३० गते १२:२६
आसिफको दोहोरो शतकमा एपीएफको कीर्तिमानी योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आसिफ शेखले पीएम कपमा कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि एपीएफ क्लबले ३९० रन बनाएको छ।
  • एपीएफले केही सातामै आफ्नो कीर्तिमान तोड्दै ३९० रनको विशाल योगफल खडा गरेको छ, जुन पीएम कपकै सबैभन्दा ठूलो स्कोर हो।
  • मधेश प्रदेशविरुद्धको खेलमा सन्दीप जोराले ५६ र कप्तान रोहित पौडेलले ५५ रन बनाए ।

३० चैत, काठमाडौं । आसिफ शेखले कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि पीएम कपमा एपीएफ क्लबले पनि कीर्तिमानी योगफल खडा गरेको छ ।

सोमबार वीरगन्जमा भइरहेको मधेश प्रदेशविरुद्धको खेलमा एपीएफले ५० ओभरमा ४ विकेट गुमाएर ३९० रनको विशाल योगफल खडा गरेको हो ।

आसिफले प्रहार गरेको दोहोरो शतक पनि पीएम कपकै ऐतिहासिक दोहोरो शतक हो । यसअघि कुनैपनि खेलाडीले दोहोरो शतक प्रहार गरेका थिएनन् ।

आसिफले १४२ बलमा १५ चौका र १७ छक्कासहित २०८ रन बनाएर रिटायर आउट भए । यसअघिको व्यक्तिगत उच्च स्कोर एपीएफकै प्रदिप ऐरीको नाममा थियो । उनले सन् २०१८ को पीएम कपमा मधेश प्रदेश (त्यसबेला प्रदेश नं २) विरुद्ध नै उक्त स्कोर बनाएका थिए ।

सन्दीप जोराले ५६ अनि कप्तान रोहित पौडेलले ५५ रन बनाए । मधेशका रुपेश सिंहले ३ अनि रन्जित कुमारले १ विकेट लिए ।

यसअघि पीएम कपको यही संस्करणमा पुलिसले ३५५ रनको योगफल बनाएको थियो । उक्त खेलमा पुलिसले एपीएफकै ३३९ रनको कीर्तिमान तोडेको थियो । एपीएफले केही सातामै आफ्नो कीर्तिमान फेरि कायम गरेको हो ।

यद्यपी आजै भइरहेको अर्को खेलमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले पनि १५४ रन बनाएर खेलिरहेका छन् ।

आसिफ शेख एपीएफ क्लब पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय