News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ए क्रिकेट टोलीले भारतको उत्तराखण्डमा आयोजना हुने उत्तराखण्ड गोल्डकपमा भाग लिन लागेको छ।
- प्रशिक्षक राजु बस्न्यातले गोवा र पन्जाबका रणजी टोलीसँग नेपाल ए को खेल हुने जानकारी दिनुभयो।
- नेपाल ए ले स्कटल्यान्ड र अमेरिकासँग दुई-दुई अभ्यास एकदिवसीय खेल जितिसकेको छ।
२८ वैशाख, काठमाडौं । नेपाल ए क्रिकेट टोलीले भारतको उत्तराखण्ड गएर उत्तराखण्ड गोल्डकप खेल्ने भएको छ ।
नेपाल ए का प्रशिक्षक राजु बस्न्यातले नेपाल ए को टोली उत्तराखण्डमा गएर खेल्ने बताएका हुन् । ‘हामी अब सबैभन्दा नजिकको कार्यक्रम भनेको उत्तराखण्ड गएर खेल्ने हो’ प्रशिक्षक बस्न्यातले पत्रकारहरूसँगको कुराकानीमा भने ।
बसन्यातका अनुसार उक्त प्रतियोगितामा गोवा, पन्जाबको रणजी टोलीहरूसँग नेपाल ए को खेल रहेको जानकारी दिएका हुन् ।
‘गोवा, पन्जाब जस्ता टिम हामीसँग एउटै पूलमा छन् । राम्रो म्याचहरू पाइरहेका छौं । त्यसपछि पनि ए टिमलाई लगातार खेलमा संलग्न गराइराख्ने किसिमको योजना रहेको छ’ उनले भने ।
नेपाल ए ले स्कटल्यान्ड र अमेरिकासँग दुई-दुई अभ्यास एकदिवसीय खेल जितिसकेको छ ।
प्रतिक्रिया 4