News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतमा नेपाली समुदायबीच लोकप्रिय 'ब्रिटिश गोर्खाली क्रिकेट लिग' को छैटौँ संस्करण मे १० देखि अगस्टसम्म सञ्चालन हुने आयोजकले बताएका छन्।
- बीजीसीएलमा बेलायतभरका नेपाली क्रिकेट क्लबहरू सहभागी छन् र खेलहरू हरेक आइतबार सञ्चालन हुनेछन्।
- प्रतियोगिताले नेपाली युवाहरूलाई क्रिकेटमार्फत एकताबद्ध गर्ने र नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले उल्लेख गरेका छन्।
२८ वैशाख, काठमाडौं । बेलायतमा नेपाली समुदायबीच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को छैटौँ संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।
नेपाली मूलका खेलाडीहरूलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बीजीसीएलमा बेलायतभर रहेका विभिन्न नेपाली क्रिकेट क्लबहरूको सहभागिता रहेको छ ।
प्रतियोगिताका खेलहरू हरेक आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ ।
आज सम्पन्न पहिलो साताको खेल तालिकाअनुसार खुकुरी सीसी र रमाइलो सीसी, त्यसैगरी माया सीसी र नेपालीज रोयल्स सीसी, नया युवा सीसी र हिमालयन सीसी तथा एभरेस्ट राइनोज सीसी र साथी सीसीबीच खेल समपन्न भयको छ ।
बीजीसीएल बेलायतमा नेपाली समुदायलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो तथा एकमात्र क्रिकेट लिग हो । हालसम्म पाँच सफल संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको लिग ह्याम्पशायर क्रिकेट बोर्ड, नेशनल एसियन क्रिकेट काउन्सिल र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध छ ।
आयोजकका अनुसार प्रतियोगिताले बेलायतमा रहेका नेपाली युवाहरूलाई क्रिकेटमार्फत एकताबद्ध गर्नुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस वर्षको संस्करण पनि प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ ।
ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगिता मे १० देखि अगस्टसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4