News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको कीर्तिमानी योगफल बनाएको छ।
- यो पीएम कप इतिहासकै सर्वाधिक योगफल हो र आठ वर्षपछि एपीएफको ३३९ रनको रेकर्ड तोडिएको हो।
- पुलिसका दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिल्साद अलीले अर्धशतक बनाए।
१० चैत, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कीर्तिमानी योगफल खडा गरेको छ ।
मंगलबार माथिल्लो मुलपानी मैदानमा भइरहेको खेलमा पुलिसले एपीएफ क्लबविरुद्ध ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको योगफल बनाएको हो । यो पीएम कप इतिहासकै सर्वाधिक योगफल हो ।
यसअघि सर्वाधिक योगफल एपीएफकै नाममा थियो । एपिएफले पीएम कप २०१८ मा मधेश प्रदेशविरुद्ध ३३९ रनको योगफल बनाएको थियो । आठ वर्षपछि उक्त रेकर्ड तोडिएको हो ।
मंगलबार एपीएफविरुद्ध पुलिसका चार ब्याटरले अर्धशतक बनाए । ओपनर दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिल्साद अलीले अर्धशतक बनाए ।
शंकरले सर्वाधिक ६१ रन बनाए भने दिनेश खरेलले ६० र कप्तान आरिफले ५० रन बनाए । दिल्साद अली ५१ रनमा अविजित रहे । राशिद खानले ४४ रन बनाए ।
पुलिस पहिलो खेलमा आर्मीसँग पराजित भएको थियो भने एपीएफले बागमती प्रदेशलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4