News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी विश्व क्रिकेट लिग २ को आगामी शृंखलामा नामिबियाको कप्तानी जेजे स्मिथले गर्ने भएका छन्।
- नामिबियाको टोलीमा अनुभवी र युवा खेलाडीको बलियो मिश्रण रहेको छ ।
९ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओमान र स्कटल्यान्डविरुद्ध हुने ओडिआई शृंखलामा नामिबियाको कप्तानी जेजे स्मिथले गर्ने भएका छन् ।
नियमित कप्तान जेरार्ड एरासमस कप्तानीबाट ब्रेक लिने भएकाले स्मिथ कप्तान चयन भएको बताइएको छ । एक भिडियोमा स्मिथ र एरासमसले सँगै स्क्वाड घोषणा गरेका छन् जहाँ एरासमसले स्मिथलाई कप्तान भएको बताएका छन् ।
स्मिथले नेपालमा आएर गत संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सबाट खेल्दै उपाधि जितेका थिए ।
टोलीमा अनुभवी र युवा प्रतिभाको बलियो मिश्रण रहेको नामिबिया क्रिकेटले जनाएको छ। टोलीमा नयाँ खेलाडी विलियम लोतेरिङ र जाचियो जेन्सेन भान भुरेन पनि समावेश छन्।
सामान्य कप्तानले विश्राम लिएको कारण यस शृंखलामा टोलीको कप्तानी जे जे स्मिथ ले गर्नेछन्।
नामिबियाको टोली : जेजे स्मिथ (कप्तान), जेरार्ड एरासमस, मलान क्रुगर, बर्नार्ड स्कोल्ज़, विलियम मायबर्ग, जान फ्रायलिंक, बेन शिकोंगो, रुबेन ट्रम्पेलम्यान, मेक्स हेइङ्गो, ज्याक ब्रास्सेल, जेन ग्रीन, डिलन लाइचर, विलियम लोतेरिङ, जाचियो भान भुरेन।
प्रतिक्रिया 4