+

एचजेएनबीएलमा टाइम्सको लगातार छैटाैं जित

२०८२ चैत  ९ गते १९:५९ २०८२ चैत ९ गते १९:५९
एचजेएनबीएलमा टाइम्सको लगातार छैटाैं जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाइम्स बास्केटबल क्लबले एचजेएनबीएल २०२६ मा लगातार छैटाैं जित हात पारेको छ।
  • टाइम्सले कीर्तिपुरलाई ८२-६० ले पराजित गरी शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग समान १३ अंक जोडेको छ।
  • एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन्।

९ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार छैटाैं जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थिथ दशरथ रंगशाला कभर्डहलमा सोमबार साँझ सम्पन्न खेलमा टाइम्सले कीर्तिपुरलाई ८२-६० ले पराजित गरेको हो । छैटाैं जितपछि टाइम्सले शीर्षस्थानको त्रिभुवन आर्मीसँग समान १३ अंक जोडेको छ । समान अंक भएपनि टाइम्स अंक अन्तरको आधारमा दोस्रोमा छ ।

पहिलो क्वाटरमा दुवै टोलीले १२-१२ अंक जोडेपछि दोस्रो क्वाटरमा टाइम्सले २१-१२ को अग्रतासहित हाफटाइमसम्म ३३-२४ को अग्रता बनाएको थियो ।

त्यसपछि टाइम्सले तेस्रो क्वाटर १७-८ र चाैथो क्वाटर ३२-२८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । टाइम्सका लागि श्रेयास बहादुर थापाले सर्वाधिक २० अंक स्कोर गरे ।

आइतबार राति भएको खेलमा विभागीय टोली आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई १०३-६८ को फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

एचजेएनबीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय