News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन ब्याट्रिज लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
- कम्पनीका अध्यक्ष सुरेश लोहनीले ऐरीको व्यक्तित्वले ब्रान्डलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
- ऐरीले स्वदेशी ब्रान्डसँग जोडिन पाउँदा खुशी व्यक्त गर्दै उपभोक्तामाझ सकारात्मक सन्देश दिने बताए।
९ चैत, काठमाडौं । एसियन ब्याट्रिज लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनलाई ‘फेस अफ द ब्रान्ड’का रूपमा सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार ऐरीको ऊर्जा, उत्कृष्ट प्रदर्शन र भरोसायोग्य छवि आफ्नो नारा ‘चल्छ ढुक्कले’सँग मेल खाने भएकाले यो सहकार्य गरिएको हो।
कम्पनीका अध्यक्ष सुरेश लोहनीले ऐरीको व्यक्तित्वले ब्रान्डलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। ऐरीले पनि स्वदेशी ब्रान्डसँग जोडिन पाउँदा खुशी व्यक्त गर्दै उपभोक्तामाझ सकारात्मक सन्देश दिने बताए।
सन् २०१२ मा स्थापना भएको एसियन ब्याट्रीज नेपालकै अग्रणी ऊर्जा समाधान प्रदायक कम्पनी हो, जसले देशभर २०० भन्दा बढी डिलरमार्फत सेवा दिँदै आएको छ।
प्रतिक्रिया 4