News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा कर्णालीलाई ११९ रनमा रोक्दै विजयी सुरुवात गरेको छ।
- सुदूरले कर्णालीले दिएको १२० रनको लक्ष्य २९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको छ।
- हेमन्त धामीले ७ ओभरमा १६ रन दिएर ६ विकेट लिएर सुदूरको जितमा मुख्य भूमिका खेलेका छन्।
९ चैत, काठमाडौं । हेमन्त धामीले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि कर्णालीलाई ११९ रनमा रोकेको सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरले २९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
सुदूरका लागि किरण ठगुन्नाले सर्वाधिक २६ रन बनाए भने खडक बोहराले २३ रन बनाए । मिलन बोहरा १८ र शेर मल्ल १० रनमा अविजित रहे ।
कर्णालीका लागि अनुज चनारा र दिवान पुनले २-२ विकेट लिए भने प्रकाश जैशी र दिपेन्द्र रावतले १-१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनाएको थियो । बिपिन रावलले सर्वाधिक ३३ रन बनाए भने सुनिल धमलाले २८ रन बनाए ।
सुदूरका हेमन्तले ७ ओभरमा १६ रन मात्र दिएर ६ विकेट लिए । शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १-१ विकेट लिए ।
प्रतिक्रिया 4