+

आईपीएलमा खेलाडी चोटको संकट, कोलकातालाई सबैभन्दा ठूलो चिन्ता

२०८२ चैत  ९ गते १३:५४ २०८२ चैत ९ गते १३:५४
आईपीएलमा खेलाडी चोटको संकट, कोलकातालाई सबैभन्दा ठूलो चिन्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल २०२६ सुरु हुनुअघि कोलकाता नाइट राइडर्सका तीन मुख्य पेस बलर चोटका कारण प्रतियोगिता गुमाउने अवस्थामा छन्।
  • सनराइजर्स हैदराबादका कप्तान प्याट कमिन्स ढाडको समस्याबाट निको हुँदै प्रतियोगिताको बीचतिर फर्किने अपेक्षा छ।
  • राजस्थान रोयल्सका साम करान र आरसीबीका जोश हेजलवुड चोटका कारण सिजनको सुरुवाती खेलहरू गुमाउनेछन्।

९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ सुरु हुनुअघि धेरै फ्रेन्चाइज टोलीहरू आफ्ना प्रमुख खेलाडी चोटका कारण गुमाउने अवस्थामा पुगेका छन्।

हालै सम्पन्न टी–२० विश्वकप र लगातार व्यस्त खेल तालिकाका कारण खेलाडीहरूमा चोटको समस्या बढेको हो। यसबाट कोलकाता नाइट राइडर्स (केकेआर) सबैभन्दा धेरै प्रभावित देखिएको छ।

कोलकाताका मुख्य तीन पेस बलर नै चोटका कारण प्रतियोगिता गुमाउने अवस्थामा छन् । आकाश दीप ढाडको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। हर्षित राणा घुँडाको शल्यक्रियापछि लामो समय मैदान बाहिर रहनेछन् भने मथिसा पाथिराना पनि खुट्टाको चोटका कारण अप्रिल मध्यपछि मात्र उपलब्ध हुनेछन्।

सनराइजर्स हैदराबादका कप्तान प्याट कमिन्स ढाडको समस्याबाट निको हुँदैछन् र प्रतियोगिताको बीचतिर फर्किने अपेक्षा छ। ज्याक एडवार्ड्स भने खुट्टाको चोटका कारण पूरै सिजन गुमाउनेछन्।

यस्तै राजस्थान रोयल्सका साम करान ग्रोइनको चोटका कारण सिजनबाटै बाहिरिएका छन्। रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का जोश हेजलवुड पनि ह्यामस्ट्रिङ र एचिलिस समस्याका कारण सुरुवाती खेलहरू गुमाउनेछन्।

चेन्नई सुपर किङ्सका नेथन एलिस पुरानो ह्यामस्ट्रिङ चोट दोहोरिएपछि प्रतियोगिताबाट बाहिरिएका छन्। दिल्ली क्यापिटल्सका मिचेल स्टार्क सिजनको बीचमा टोलीसँग जोडिन सक्ने भए पनि उनको फिटनेसमा निगरानी राखिएको छ।

यता पञ्जाब किंग्सका लकी फर्गुसन भने चोटका कारण नभएर पारिवारिक कारणले सुरुवाती खेलहरू गुमाउनेछन्। खेलाडीको उपलब्धता र चोटको समस्याबाट लखनउ सुपर जायन्ट्स पञ्जाब सबैभन्दा कम प्रभावित देखिएको छ ।

-क्रिकइन्फोबाट

आईपीएल २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय