News Summary
Generated by OK AI. Editorially reviewed.- एसी मिलानले डर्बी खेलमा इन्टर मिलानलाई १-० ले पराजित गर्दै अंकदूरी ७ मा झारेको छ ।
- पर्भिस इस्तुपिनाले ३५औं मिनेटमा गरेको गोलले एसी मिलानलाई जित दिलाएको थियो ।
- हारपछि इन्टरको २८ खेलबाट ६७ अंक र एसी मिलानको ६० अंक छ ।
२५ फागुन, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत डर्बी खेलमा दोस्रो स्थानको एसी मिलानले शीर्ष स्थानको इन्टर मिलानलाई पराजित गर्दै अंकदूरी ७ मा झारेको छ ।
पर्भिस इस्तुपिनाले पहिलो हाफका गरेको एक मात्र गोल मदतमा एसी मिलानले इन्टरलाई १-० ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । इस्तुपिनानले ३५औं मिनेटमा गोल गरेका थिए ।
यस खेलअघि इन्टरले एसी मिलानमाथि १० अंकको अग्रता बनाएको थियो ।
तर यस सिजन एसी मिलानले लिगको दुबै खेलमा इन्टरलाई पराजित गर्दै ‘लिग डबल’ गर्न सफल भयो । यसअघि नोभेम्बरमा भएको पहिलो खेल पनि एसी मिलानले १-० ले नै जितेको थियो ।
यो खेल जितेको भए इन्टरले १३ अंकको अग्रता बनाउने थियो र तर इन्टरले हारपछि ६ अंक गुमाएजस्तो भएको छ ।
हारपछि पनि शीर्ष स्थानको इन्टरको २८ खेलबाट ६७ अंक छ । समान खेलबाट एसी मिलानले ६० अंक जोडेको छ ।
प्रतिक्रिया 4