+
+
Shares

बस दुर्घटनास्थलमा रहेका धादिङका सीडीओ भन्छन्– उद्धार सामग्री अभाव महसुस भयो

‘प्रहरीहरुको टर्च बाल्दै घाइतेहरुको उद्धार गर्‍यौं । हामीलाई उद्धार सामग्रीको अभाव जस्तो महसुस भयो,’ घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी सुवेदीले अनलाइनखबरसँग भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते ७:३६

११ फागुन, काठमाडौं । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानमा बस दुर्घटना हुँदा रातभर उद्धारमा खटिएका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले उद्धार सामग्री अभाव महसुस भएको बताएका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस राति करिब एक बजे त्रिशूली नदी किनारमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको छ । २७ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेर क्षतविक्षत भएको छ । रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ महसुस भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘प्रहरीहरुको टर्च बाल्दै घाइतेहरुको उद्धार गर्‍यौं । हामीलाई उद्धार सामग्रीको अभाव जस्तो महसुस भयो,’ घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी सुवेदीले अनलाइनखबरसँग भने ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।

उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली पनि उद्धारमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?