+
+
Shares

युट्युबको पहिलो भिडियो अब संग्रहालयमा प्रदर्शन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युट्युबको पहिलो भिडियो मी एट द जू २००५ अप्रिलमा जाभेद करिमले अपलोड गरेका थिए ।
  • लन्डनस्थित भिक्टोरिया एन्ड अल्बर्ट म्युजियममा उक्त भिडियो र युट्युबको पुरानो होमपेज प्रदर्शन गरिने छ।

युट्युब, इन्टरनेटमा सबैभन्दा धेरै हेरिने वेबसाइटसँगै आधुनिक समयको महत्त्वपूर्ण डिजिटल सम्पदा पनि हो । यसै तथ्यलाई आत्मसात् गर्दै युट्युबको इतिहासलाई विश्वकै प्रतिष्ठित संग्रहालयमा प्रदर्शन गरिने भएको छ ।

अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहिलो पोस्ट कुन गरियो, प्राय: अज्ञात छ । तर, युट्युबमा भने यसका सहसंस्थापक जाभेद करिमले ‘मी एट द जू’ शीर्षकको १९ सेकेन्ड लामो भिडियो अपलोड गरेका थिए । जहाँ उनी डिएगो चिडियाखानामा हात्तीहरूका अगाडि उभिएको देखिन्छ । उनले भिडियोमा हात्तीको सुँड ‘साँच्चै राम्रो’ भएको बताएका छन् ।

अप्रिल २००५ मा अपलोड भएदेखि हालसम्म त्यस भिडियोले ३८ करोड बढी भ्युज बटुलिसकेको छ । यद्यपि युट्युबका अन्य चर्चित भिडियोहरूको तुलनामा यो संख्या कम देखिए पनि ऐतिहासिक दृष्टिकोणले यसको महत्त्व छुट्टै छ । यसैले यो भिडियोलाई अब संग्रहालयमा प्रदर्शन गरिने भएको हो ।

बीबीसीका अनुसार लन्डनस्थित भिक्टोरिया एन्ड अल्बर्ट म्युजियम (भी एन्ड ए) मा उक्त भिडियोलाई औपचारिक रूपमा संरक्षण र प्रदर्शन गरिने छ । त्यहाँ युट्युबमा अपलोड गरिएको जाभेदको भिडियोसँगै इन्टरनेट आर्काइभमा सुरक्षित गरिएका युट्युबको होमपेजको सबैभन्दा पुरानो स्वरूप समेत देखाइने भएको छ । सन् २००६ डिसेम्बरताका त्यस होमपेज वर्तमान समयको युट्युबभन्दा पूर्णतः भिन्न देखिन्छ ।

पछिल्लो दुई दशकको इतिहासमा युट्युबले इन्टरनेट प्रयोग गर्ने तरिकालाई पूर्णत परिवर्तन गरेको छ । यसका साथै अनगिन्ती कलाकार तथा कन्टेन्ट क्रियटरहरूलाई जन्माएको छ । संग्रहकालयका अनुसार यो प्रदर्शनीले इन्टरनेटले संसारलाई कसरी आकार दियो भन्ने कुरा बुझाउन सहयोग गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?