News Summary
Generated by OK AI. Editorially reviewed.- पन्च नामक मकाक प्रजातिको बाँदरको बच्चा जापानको इचिकावा सिटी चिडियाखानामा जन्मिएको थियो र उसको आमा र समूहले तिरस्कार गरिरहेका थिए।
- पन्चले निर्जीव वस्तु ओराङ्गुटान गुडियालाई अँगालो हालेर साथ खोजेको भिडियो विश्वभर भाइरल भएको छ।
कुरा त ममताको थियो । मातृत्वको थियो ।
तर, उसले न ममता पाउँछ न मातृत्व । ऊ आफ्नै आमाबाट तिरस्कारमा पर्छ । ऊ त्यति क्षमतावान पनि हुँदैन कि आफ्नी निष्ठुरी आमालाई पकाउन सकोस् । उसले सक्दो प्रयास त गरेकै हुन्छ । त्यसमाथि बालखै हुन्छ । यो बेला उसलाई सुरक्षा चाहिएको थियो । यसलाई प्रेम र साथ चाहिएको थियो । त्यसैले जब ऊ आफ्नी आमा र समूहबाट अपहेलनामा पर्छ, ऊ निर्जीवतासँग सजिवता खोज्न जान्छ ।
हामी कुरा गर्दैछौं, पन्च नामक बाँदरको बच्चाको । जसको भिडियो अहिले विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूमा छाएको छ । ठूला भनिएका संसारका सबै मिडियाहरूमा छाएको छ । लाखौंको मन पर्गेलिरहेको छ ।
‘पन्च’ कथन
पन्च (पन्च-कुन) जापानको चिबास्थित इचिकावा सिटी चिडियाखानामा रहेको मकाक प्रजातिको बाँदरको बच्चा हो । जुलाई २०२५ मा जन्मिएको पन्च सानै थियो । तर, उसकी आमा र समूहका अन्य बाँदरहरूले उसलाई आफूसँगै राख्न मानेनन् । तिस्कार गरिरहे ।
जुन दृश्य भिडियोमा कैद भएको हुन्छ, जसलाई कुनै एक प्रयोगकर्ताले इन्टरनेटमा अपलोड गर्दिन्छन् । लगत्तै यो भिडियो भाइरल हुन्छ । भिडियोमा पन्चले आमासँगै बस्न अलि बेरको प्रयास गर्छ । तर, आमाले मान्दैमान्दिनँ । त्यसपछि पन्च आमाबाट पर जान्छ । त्यहाँ उसले आईकेईएको ओराङ्गुटान गुडिया देख्छ । त्यसपछि त्यही गुडियालाई उसले अँगालो हाल्छ । आफू जता जान्छ, त्यतै लान्छ । अर्थात्, आफ्नाहरूको साथ नभएपछि उसले निर्जीव वस्तुलाई आफ्नो ठान्छ ।
अहिले धेरैलाई यो दृश्यले रुवाइरहेको छ । भनौं, पन्चको यो अवस्था र मकाक समूहको शत्रुतापूर्ण व्यवहार चर्चामा छ । यसलाई लिएर अहिले धेरैले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । कतिपयले मिम बनाइरहेका छन् भने कतिपयले पन्चको त्यस्तो कठिन बाल्यकालले धेरैलाई प्रेरित गरेको बताइरहेका छन् ।
त्यस्तै पन्चको भिडियो भाइरल भएपछि उसबारे नयाँ अपडेट पनि आएको छ । इचिकावा सिटी चिडियाखानाका अनुसार अहिले पन्चको अवस्था सुधार भइरहेको छ । समूहका अन्य बाँदरहरूले बिस्तारै पन्चलाई साथ दिन थालेको छ । त्यसैगरी अन्य बाँदरहरूले उसलाई अँगालो हालेको र कपाल मिलाइदिइरहेको भिडियो समेत आउन थालेको छ ।
प्रतिक्रिया 4